0 COMMENTS

काठमाडौं, २५ जेठ०७४/ बुढेसकालमा यौन चाहना नियन्त्रण गर्न नसक्दा नेपाल आयल निगमका पूर्वप्रबन्ध निर्देशक युवराज शर्मा प्रहरी हिरासतमा पुगेका छन् ।

आफ्नै घरमा काम गर्ने १३ वर्षीय किशोरीलाई बलात्कारको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालाले उनलाई पक्राउ गरेको हो । खबर आजको नयाँ पत्रिका दैनिकमा नवराज मैनालीले लेखेका छन् ।

पिंगलास्थान बस्ने शर्मालाई प्रहरीले ११ जेठमा पक्राउ गरेको हो । जबर्जस्ती करणी मुद्दामा अनुसन्धान पूरा गरी प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बुझाइएको गौशाला वृत्तका डिएसपी नवराज कार्कीले बताए । पीडित किशोरीले शर्माले ६ जेठमा आफूलाई बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् ।

सोही उजुरीका आधारमा उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको डिएसपी कार्कीले बताए । सा“झको समयमा शर्मा कोठामा मदिरा पिइरहेका थिए । किशोरीलाई उनले पानी ल्याउन लगाए । पानी लिएर कोठामा पुगेपछि ढोका लगाएर खाटमा लगी आफूमाथि बलात्कार गरिएको किशोरीले दिएको उजुरीमा छ ।

किशोरीका दाइ पनि सोही घरमा काम गर्दथे । घरछेउमा बहिनी रोइरहेको देखेपछि उनले त्यसको कारण सोधेका थिए । तर, तत्काल उनीहरूले प्रहरीमा उजुरी दिन सकेनन् । उनीहरू शारदा स्कुलमा पढ्थे । उक्त स्कुलमा बालक्लब थियो । घटनाबारे बालक्लबमा कुरा भयो । बालक्लबमा माइती नेपाल संस्थामा बस्दै आएका विद्यार्थीसमेत थिए ।

तिनै विद्यार्थीले घटनाबारे माइती नेपालका पदाधिकारीलाई जानकारी दिएपछि घटना प्रहरीसम्म पुगेको हो । पीडित किशोरीको मेडिकल रिपोर्टमा पनि बलात्कार भएको प्रस्ट छ । ६४ वर्षीय शर्मा मेकानिकल इन्जिनियर हुन् ।

नेपाल आयल निगमका एमडीका रूपमा कार्यरत रहँदा अकुत सम्पत्ति आर्जन गरेको भन्दै उनीविरुद्ध भ्रष्टाचार मुद्दासमेत चलेको थियो । जसमा उनलाई अदालतले समेत दोषी ठहर गरेको थियो । शर्मा एक वर्ष जेल बसेर छुटेका हुन् । शर्मा पक्राउ परेपछि उनलाई मुद्दा नचलाउन धेरै नेताबाट दबाब आएको प्रहरी स्रोत बताउँछ ।

शर्माले भने आफूमाथि झुटो आरोप लागेको बयान दिएका छन् । किशोरीलाई उचालेर कसैले मुद्दा हाल्न लगाएको उनको आरोप छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।