0 COMMENTS

 काठमाडौं२४ जेठ०७४/मन्त्री छनोटमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले ‘एकलौटी’ गरेको भन्दै नेपाली कांग्रेसमा किचलो सुरु भएको छ ।

मापदण्ड नबनाई एकल ढंगले अघि बढ्न खोजेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले सपथ लिनु अघि नै देउवाप्रति असुन्तुष्टि जनाएको हो । अनामनगरस्थित सम्पर्क कार्यालयमा विहान भएको पौडेल पक्षीय नेताको बैठकले आफूहरुले कति वटा मन्त्रालय पाउने भन्ने यकिन नभएसम्म मन्त्रीमण्डलमा कसैलाई पनि नपठाउने निर्णय लिएको थियो ।

सोहीअनुसार प्रधानमन्त्री देउवाले कांग्रेसको संस्थापन पक्ष, माओवादी केन्द्र र नेपाल लोकतान्त्रिक फोरमलाई मात्रै समावेश गरी सरकार गठन गरेका हुन् ।पौडेल पक्षले सपथ ग्रहणमा समेत उपस्थित नहुने जनाउ दिएपछि देउवाले टेलिफोन गरी ‘छलफलमार्फत सबै कुरा मिलाउने र सुरुमै गलत सन्देश जान नदिन’ आग्रह गरेका थिए । देउवाको आश्वासनपछि मात्रै पौडेलसहित उनी पक्षीय नेता सपथ ग्रहण कार्यक्रममा सहभागि भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।