0 COMMENTS

काठमाडौं २४, जेठ०७४/शेरबहादुर देउवा नेतृत्वको सात सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् । तीन जना उपप्रधान एवं चार जना मन्त्रीहरुले सपथ लिएका हुन् । तीन उपप्रधानमन्त्रीहरुमा कृष्णबहादुर महरा उपप्रधान एंवम परराष्ट्र, गोपालमान श्रेष्ठ उपप्रधान एंवम शिक्षा र विजय गच्छदार उपप्रधान एंवम स्थानीय विकास मन्त्री भएका छन्।

नेपाली कांग्रेसबाट ज्ञानेन्द्र बहादुर कार्कीलाई अर्थ, फरमुल्ला मनसुर श्रम मन्त्री बनेका छन् । नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा गृह र प्रभु साह विनाविभागिय मन्त्री बनेका छन्।

नवनिर्वाचित प्रधानमन्त्री देउवाले ईश्वर, देश र जनताको नाममा शपथ लिनुभएको हो । विशेष समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कामु प्रधानन्यायाधीश गोपाल पराजुली, सभामुख ओनसरी घर्ती, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उपस्थित हुनुहुन्थ्यो ।

यसैगरी, पूर्व प्रधानमन्त्री, पूर्व उपप्रधानमन्त्री एवम् मन्त्रीहरू, संवैैधानिक निकायका प्रमुख, तीनवटै सुरक्षा निकायका प्रमुख, उच्च पदस्थ कर्मचारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, विभिन्न राजनीतिक दलका नेता, पत्रकार, उद्योगी तथा व्यवसायी सो समारोहमा उपस्थित हुनुहुन्थ्यो ।शपथ ग्रहणपछि उपस्थित विशिष्ट व्यक्तिहरुले प्रधानमन्त्री देउवालाई बधाई दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।