काठमाडौं२४, जेठ ०७४/प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पार्टीका तर्फबाट पठाउने मन्त्रीहरुको नाम टुङ्गो लगाउन माओवादी केन्द्रीय कार्यलयमा वैठक शुरु भएको छ।
आजको वैठकले सरकारमा पार्टीका तर्फबाट नेतृत्व गर्ने मन्त्रीसहित अरु केही मन्त्रीको नाम टुंगाउने बताइएको छ।गठबन्धन सरकारमा माओवादीभित्रबाट नेतृत्व गर्दै जान आकांक्षी देखिएका यसअघिका दुई मन्त्रीहरु नै छन्। यसअघिको सरकारमा अर्थमन्त्री रहेका कृष्णबहादुर महरा गृहमन्त्रालयसहित सरकारमा सहभागी हुन खोजिरहेका छन् भने सोही मन्त्रालयका लागि यसअघि उर्जामन्त्री रहेका जनार्दन शर्मा प्रभाकरले पनि आफ्नो भूमिका दावी गरिरहेका छन्।
गृहमन्त्रालयमा यी दुई आकांक्षी वाहेक अरु नामहरुबारे पनि चर्चा हुने माओवादी केन्द्र स्रोतको भनाइ छ।त्यसैगरी आफ्ना भागमा परेका अरु मन्त्रालयका लागि पनि आज नामहरुमा छलफल हुने छ। तर आजै सबै नामको छिनोफान हुन नसक्ने बताइएको छ।