0 COMMENTS

तनहुँ२४,जेष्ठ०७४/ अत्यधिक गर्मीका कारण तनहुँको व्यास नगरपालिका–५ निवासी सुलभ पोल्ट्री फार्मका सञ्चालक हिमाल श्रेष्ठको एउटै फार्मबाट करिब एक हजार ५०० कुखुरा मरेका छन् । व्यावसायिक रुपमा हाइलाइन जातका लेयर्स कुखुरा चारहजार ६०० पालेकामध्ये एक हजार ५०० कुखुरा गत आइतबार मरेको कृषक श्रेष्ठले जानकारी दिनुभयो । गर्मीका कारण निमोनिया हुन जाँदा सो दुर्घटना भएको कृषकले बताउनुभयो । उक्त कुखुराले अन्डा दिन थालेको करिब दुई÷तीन महिनापछि मर्दा करिब रु १५ लाख बराबरको क्षति भएको कृषकले बताउनुभयो ।

साउदीमा लामो समय स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरेर स्वदेश फर्केका श्रेष्ठले विगत ६÷७ वर्षअघि देखि अन्डा दिने कुखुरा व्यावसायिक रुपमा पाल्दै आउनुभएको बताइएको छ । श्रेष्ठले उक्त कुखुरा फार्मको सगरमाथा इन्सुरेन्स कम्पनीमा बिमा गराएको र सोही बिमा कम्पनीका व्यक्ति आएर अवलोकन गरेका छन् के कति क्षतिपूर्ति दिने हुन् केही थाहा छैन भन्नुभयो ।

त्यसैगरी व्यास नपा–१ गल्बुवेसी निवासी तिलकुमारी नेपालीले पालेका ब्वायलर जातका ४०० कुखुरा पटकपटक गरी मरेर सकिएको बताउनुभयो । उक्त कुखरा मर्दा करिब रु दुई लाखभन्दा बढीको क्षति भएको कृषक नेपालीले जानकारी दिनुभयो । बिमा कम्पनीले ब्वायलर जातको कुखुरा व्यवसायमा बिमाको सुविधा नदिँदा कृषक मर्कामा पर्ने गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।