0 COMMENTS

काठमाडौं२४ जेठ०७४/निर्वाचन आयोगले असार १४ मा हुने दोस्रो चरणको स्थानीय तहको चुनावको तयारी तिब्र पारेको छ । मतपेटिका, मतपत्र र चुनावका दिन आवश्यक पर्ने सबै सामाग्रि ४३ वटै जिल्ला निर्वाचन कार्यालयमा पठाइसकिएको आयोगका सचिव गोपीनाथ मैनालीले जानकारी दिए ।

पानी पर्न सक्ने भएकाले मतपत्र र मतपेटिकाको सुरक्षाका लागि आवश्यक सावधानी अपनाइएको सचिव मैनालीले बताए । आयोगले मौसम विज्ञान विभागका अधिकारीहरुसँग छलफल गरेर बढी पानी पर्न सक्ने संभावित ठाउँहरुमा विशेष सावधानी अपनाउने तयारी गरिएको मैनालीको भनाई छ ।पहिलो चरणको चुनावमा धेरै मत बदर भएकाले दोस्रो चरणमा मतदाता शिक्षा कार्यक्रमलाई पनि विशेष जोड दिइएको उनको भनाई छ । आयोगले घरघरमै गएर भोट हाल्न सिकाएको र मतदान केन्द्रमा मतदाता परिचय पत्र वितरण गर्दा पनि मतदाता शिक्षा दिइने उनको उनले बताए ।

मतदाता परिचय पत्र भने असार ११ देखि १३ गतेसम्म सम्बन्धित मतदान केन्द्रबाट वितरण गरिने आयोगले जनाएको छ । असार १४ गते १, २, ५ र ७ नम्बर प्रदेशका ४ सय ६१ स्थानीय तहमा दोस्रो चरणको चुनाव हुँदैछ ।

३, ४ र ६ नम्बर प्रदेशका ३४ जिल्लाका २ सय ८३ स्थानीय तहमा गएको बैशाख ३१ गते निर्वाचन भएकोमा भरतपुर महानगरपालिका बाहेक सबै ठाउँको अन्तिम मतपरिणाम आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।