0 COMMENTS

 मलेखु (धादिङ)२४ जेठ०७४/पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–२, सिम्लेमा माइक्रोबसले ठक्कर दिँदा मंगलबार दुई जना पैदलयात्रुको मृत्यु भएको छ । उक्त दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

मृत्यु हुनेमा थाक्रे गाउँपालिका—२ की ३० वर्षीया बन्दना परियार रहेको छ भने अर्का एक जना मृतकको सनाखत हुन नसकेको धादिङका प्रहरी उपरीक्षक शरद खत्रीले बताए ।ठक्करबाट गम्भीर घाइते भई उपचारका लागि काठमाडौँ लैजाने क्रममा सनाखत हुन नसेका व्यक्तिको बाटोमै मृत्यु भएको थियो ।

भैरहवाबाट काठमाण्डौँतर्फ जाँदै गरेको लु १ ज २६७४ नं. को माइक्रोबसले सडक पेटीमा हिडेका पैदलयात्रुलाई ठक्कर दिएको थियो । ठक्करबाट घाइते भएका सबैलाई उपचारका लागि काठमाडौँतर्फ पठाइएको प्रहरीले जनाएको छ ।पैदलयात्रुलाई ठक्कर दिएपछि माइक्रोबस सडकमा पल्टिएको थियो । घटनापछि स्थानीयले दिउँसो ३ बजेदेखि पृथ्वीराजमार्ग अवरुद्ध गरी ठक्कर दिने माइक्रोबसमा आगजनी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।