0 COMMENTS

काठमाडौं २३, जेठ०७४/नेपालले आज भारतिय राष्ट्रिय फुटबल टोलीसंग मैत्रीपुर्ण खेल खेल्दैछ । मैत्रीपुर्ण खेल मुम्बइको अन्धेरी स्र्पोट्स स्टेडियममा बेलुकी सवा ७ बजे शुरु हुनेछ । एसिया कपको तयारीमा रहेको भारतले नेपाली राष्ट्रिय टोलीलाई मैत्रीपुर्ण खेलका लागि बोलाएपछि नेपाली टोली मुम्बइ पुगेको हो ।

नेपालका लागि जापानी प्रशिक्षक ग्योतोकु कोजीले भारतविरुद्धको खेल निक्कै महत्वपूर्ण हुने बताएका छन् । उनले नेपालले धेरै अभ्यास खेल खेल्न नपाएकाले केही कठिन हुने बताए । भारत राम्रो भएपनि नेपालले कडा टक्कर दिने कोजिको भनाई छ ।

भारतीय प्रशिक्षक स्टेफन कनस्नटाइनले नेपालसँगको खेल सधैं प्रतिस्पर्धात्मक हुने गरेको बताउँदै उनले भने, ‘हामी राम्रो खेलको प्रतीक्षामा छौं र जित्ने आश गरेका छौं ।’

आजको खेलमा नेपाल र भारत दुबै नियमित कप्तानविना मैदान उत्रने छन् । अनिल गुरुङको स्थानमा नेपालको कप्तानी विराज महर्जनले सम्हाल्ने छन् भने भारत नियमित कप्तान सुनील क्षेत्रीको अनुपस्थितीमा गुरप्रित सिंह सान्धुकाे कप्तानीमा उत्रनेछ।

नेपालले यही जेठ ३० गते एसियन कप क्वालिफायर्स अन्तर्गत घरेलु मैदानमा यमनसँग खेल्दैछ । नेपालले पछिल्लोपटक सन् २०१५ को डिसेम्बरमा भएको दक्षिण एसियाली खेलकुद सागमा भारतसँग प्रातिस्पर्धा गरेको थियो । त्यस खेलमा नेपालले भारतलाई ४–१ ले हराउँदै स्वर्ण पदक जितेको थियो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।