0 COMMENTS

 काठमाडौं२३, जेठ०७४/संसदको पाँचौं ठूलो दल राष्ट्रिय जनता पार्टी नेपालले नयाँ सहमति गरेर मात्रै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्ने भएको छ । सहमतिपत्रमा हस्ताक्षर भएपछि मात्रै देउवालाई भोट हाल्ने राजपाका नेता लक्ष्मणलाल कर्णले बताए ।‘सहमतिको ड्राफ्ट तयार भइसकेको छ, आज संसद बैठक अघि नै सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी छ’, कर्णले भने, ‘सहमति पत्रमा यसअघि कार्यन्वयन गर्न बाँकी रहेका र नयाँ परिस्थितीले जन्माएका विषयवस्तु समेटिएको छ ।’

संविधान संसोधन, सहिद घोषणा, मधेश आन्दोलनका घाइतेको निशुल्क उपचार, जेलमा रहेका कार्यकर्ताको मुद्दा फिर्तालगायतका विषय पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने बेलामै सहमति भएका विषय हुन् ।

यि मध्ये कार्यान्वयन हुन बाँकी र मधेशका जिल्लामा जनसंख्याका आधारमा स्थानीय तहको संख्या थप्ने विषय नयाँ सहमतिपत्रमा उल्लेख गरिएको नेताहरुले बताएका छन् । ६ दल एकीकृत भएर बनेको राजपा नेपालका २४ सांसद छन् । सरकारमा सहभागि हुने बेलामा मधेसी दलले सधैभरी सर्त राख्ने गरेपनि सरकारमा गएपछि बिर्सने गरेको आरोप लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।