0 COMMENTS

सुरुङ्गा (झापा) २३ जेठ,०७४/ मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका एक व्यक्तिलाई जोगाउने क्रममा सवारीको ठक्करबाट झापामा कार्यरत एक प्रहरी जवानको सोमबार मृत्यु भएको छ ।मृत्यु हुनेमा इलाका प्रहरी कार्यालय अनारमनीमा दरबन्दी भई हाल इलाका प्रहरी कार्यालय काँकडभिट्टामा कार्यरत प्रहरी जवान २६ वर्षीय अशोक खवास रहेका छन् ।

उनलाई गत जेठ १८ गते राति १० बजे पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा सडकखण्डमा नम्बर नखुलेको सवारीसाधनले ठक्कर दिएको थियो ।सवारीको ठक्करबाट गम्भीर घाइते भएका खवासको उपचारको क्रममा सोमबार बिर्तामोडस्थित बिएन्डसी मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले जानकारी दिए ।

मादक पदार्थ सेवन गरेर सडकमा हिँडिरहेका अपरिचित व्यक्तिलाई सडक पार गराउने क्रममा मोरङको डाँगीहाट–९ घर भएका प्रहरी जवान खवासलाई तीव्रगतिमा आएको नम्बर नखुलेको सवारीले ठक्कर दिएर फरार भएको थियो ।प्रहरी जवानलाई ठक्कर दिएर सवारीसहित फरार चालकलाई प्रहरीले काँकडभिट्टाबाटै दुई दिनपछि नियन्त्रणमा लिएको बताइएको छ ।

घटनामा संलग्न भएको भन्दै मेचीनगरपालिका–७ निवासी ट्याक्सी चालक देवान राजवंशीलाई को १ च ८४५६ नम्बरको ट्याक्सीसहित नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।