0 COMMENTS

काठमाडौं,२२ जेठ०७४/ प्रतिपक्षी दल एमालेले संसदको अवरोध हटाए भोलि मंगलबार मुलुकले नयाँ प्रधानमन्त्री पाउने छ। कांग्रेस सभापति शेरबहादुर देउवा मंगलबार मुलुकको ४० औं प्रधानमन्त्री बन्ने निश्चित छ। मंगलबार हुने प्रधानमन्त्रको निर्वाचनमा देउवाको मात्रै उम्मेद्वारी परेकाले पनि देउवा प्रधानमन्त्री बन्ने निश्चित भएको हो।

प्रधानमन्त्री पुष्पकमल दाहालले पदबाट राजीनामा दिएपछि देउवा प्रधानमन्त्री बन्न लागेका हुन्। भरतपुर मतगणनालाइ लिएर प्रमुख प्रतिपक्ष एमालेले संसद अबरोध गर्ने चेतावनी दिएपछि आइतबारबालागि तय भएको प्रधानमन्त्रीको निर्वाचन मंगलबारसम्मकालागि स्थगित गरिएको थियो। देउवाको पक्षमा अत्याधिक बहुमत देखिएको छ। संसदमा हाल कायम रहेको संख्या ५९३ देउवाको पक्षमा ३८८ सांसदका समर्थन देखिएको छ।

देउवा नेतृत्वमा गठन हुने सरकारलाइ माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरमले समर्थन गर्ने निर्णय गरिसकेका छन्। २५ सांसद रहेको राजपाले पनि देउवा नेतृत्वको सरकारलाइ समर्थन गर्ने संकेत गरेको छ। देउवाले केही कसरत गर्दा उनको पक्षमा दुइ तिहाइ पुग्ने अवस्था देखिएको छ। उनको पक्षमा दुइ तिहाइ पुग्न दश सांसदको आवश्यकता पर्छ।

कांग्रेसको २०७, माओवादी केन्द्रको ८२, राप्रपाका ३७, लोकतान्त्रिक फोरमको १७, संघीय समाजवादी फोरमको १५, नेकपा संयुक्तको ३ र अन्य साना दलबाट ५ मत देउवाको पक्षमा छ। प्रधानमन्त्रीको निर्वाचनको मिति मंगलबार दिउँसो एक बजेकालागि तोकिएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।