0 COMMENTS

नेपालगन्ज,२२ जेठ०७४/ बाँकेमा एकै दिन दुईजना बालिका बलात्कृत भएका छन् । बाँकेको ढकेरी र कोहलपुरमा दुईजना बालिका बलात्कृत भएको प्रहरीले जनाएको छ ।बलात्कारका दुवै आरोपीहरु पक्राउ परिसकेका छन् । पक्राउ परेकाहरुलाई जबरजस्ती करणीको मुद्दा दायर गरेर कारवाही अघि बढाईएको पनि प्रहरीले जनाएको छ ।

कोहलपुरमा १८ बर्षीया बालिका बलात्कृत भएकी हुन् । उनी आफ्नै बाबुबाट बलात्कृत भएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिनुभयो। पीडित बालिकाले बाबुले रक्सीले मातेर आफूलाई जबरजस्ती बलात्कार गरेको प्रारम्भिक बयान दिएको मुद्दा फाँटका प्रहरी निरीक्षक भीम कार्कीले जानकारी दिनुभयो । बलात्कारको घटना शनिबार भएको हो ।

त्यस्तै ढकेरीमा बलात्कृत बालिकाको उमेर १५ बर्ष रहेको प्रहरीले जनाएको छ । उनी बर्दिया निवासी हुन् । बर्दियाकै एक व्यक्तिले ललाईफकाई ल्याएर ढकेरीमा ती बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बालिकाको अवस्था सामान्य रहेको छ । उनलाई साना हातहरु संस्थाको जिम्मा लगाइएको छ । पक्राउ परेका व्यक्तिविरुद्ध जबरजस्ती करणीको मुद्दा चलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।