0 COMMENTS

काठमाडौ२२ जेठ०७४/ राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीले नेकपा एमालेले जिल्लामा गर्ने कुनै पनि कार्यक्रमलाई अवरुद्ध पार्ने चेतावनी दिएको छ । सो पार्टीका अध्यक्ष मण्डलका संयोजक सुनिल कुमार झाद्वारा जारि विज्ञप्तिमा उक्त चेतावनी दिइएको हो । जारि विज्ञप्तिमा विगत लामो समयदेखी मधेशी दल संविधान संशोधनको विषयलाई लिएर आन्दोलनरत रहेको भन्दै संविधान संशोधनका लागि एमाले नै बाधक भएको ठहर समेत गरेको छ । लामो समयदेखी मधेशको मुद्दालाई लिएर चलिरहेको आन्दोलनका क्रममा करिब ५ दर्जन मधेशीहरुले बलिदानीलाई यति छिटै बिर्सने नसक्ने जनाउँदै सहिदहरुको बलिदानीको कदर गर्न राजपा नेपाल जुनसुकै पनि परिस्थितिको सामना गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा संविधान संशोधनको विषयमा नेकपा एमालेले लचकता नदेखाएसम्म सप्तरीमा नेकपा एमालेले गर्ने कुनै पनि कार्यक्रममा राजपा नेपालको बिरोध नै रहि रहने जनाएको छ । साथै विज्ञप्तिमा संविधान संशोधन बिना राजपा नेपाल स्थानिय तहको निर्वाचनमा भाग समेत नलिने जनाउँदै एमालेले गर्ने कुनै कार्यक्रमको क्रममा हुने क्षतिको जिम्मेवारी स्वंयम एमाले नै लिनुपर्ने छ र यसप्रति राज्य पक्ष समेत संवेदनशिल र सचेत हुन जनाइएको छ । हिजोमात्र नेकपा एमाले नगर कमिटि सप्तरीले पत्रकार सम्मेलन गरि जेठ २३ गते राजविराजमा पार्टी प्रवेश तथा मेयर उपमेयरका उम्मेदवारको घोषणा गर्ने कार्यक्रम राखेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।