0 COMMENTS

काठमाण्डाै २२,जेष्ठ०७४/ चार अरब देशले कतारसँगको सम्बन्ध तोडेका छन् । साउदी अरब, इजिप्ट, बहराईन् र युएईले कतारसँगको राजनीतिक र कुटनीतिक सम्बन्ध तोडेको घोषणा गरेका हुन् ।कतारले अरब क्षेत्रमा अस्थिरता फैलाएको चार देशको आरोप छ । मुस्लिम ब्रदरहुडसहित थुप्रै आतंकवादी संगठनलाई कतारले सहयोग गरिरहेको उनीहरुको दाबी छ ।

साउदी अरबले कतारसँगको सबै स्थल, हवाई र समुन्द्री सीमा बन्द गरिदिएको बीबीसीले जनाएको छ । आतंकवादी आक्रमणको खतराबाट आफैं सुरक्षित हुनका लागि सीमा बन्द गरिएको साउदी अरबका अधिकारीहरुले बताएका छन् ।इजिप्टको विदेश मन्त्रालयले पनि कतारका हवाइजहाज र पानी जहाजलाई हवाइ क्षेत्र र बन्दरगाह बन्द गरिएको जानकारी दिइसकेको छ । युएइले आफ्नो देशमा रहेका कतारका कुटनीतिज्ञलाई ४८ घण्टाभित्र देश छोड्न आदेश दिएको छ ।चारै देशले कतारमा रहेका आफ्ना कुटनीतिज्ञलाई पनि तत्काल फिर्ता बोलाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।