0 COMMENTS

सप्तरी२२ जेठ०७४/ सप्तरीको बोधेबर्साइन नगरपालिका-१४ बाट गएराति प्रहरीले हतियारसहित एक युवकलाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बर्साइनका टोलीले विशेष चेकजाँच गर्ने क्रममा पेस्तोल लिएर बाटोमा हिँडिरहेका सोही ठाउँका पपु दासलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक अनुराग दिवेदीले बताए ।प्रहरी उपरीक्षक दिवेदीका अनुसार पक्राउ परेका २० वर्षीय दासको साथबाट एक थान पेस्तोल र एक थान म्याग्जिन तथा सोमा प्रयोग हुने चार राउन्ड गोलीसमेत बरामद गरिएको छ ।

पक्राउ परेका दासलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।