0 COMMENTS

काठमाण्डाै२२,जेष्ठ०७४/काठमाडौं उपत्यकामा हालसम्म ३२० किमीभन्दा बढी सडक विस्तार गरिएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज पत्रकार सम्मेलन गरी मन्त्री अर्जुुननरसिंह केसीले मन्त्रालय सम्हालेको नौ महिनामा भएका गतिविधिका बारेमा जानकारी गराउँदै नीतिगत अस्पष्टता र कानुनी अव्यवस्थालाई हटाएर उचित गति र दिशा दिएको जनाएको हो ।

साथै, विपद् व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ८३ वटा खुला क्षेत्र पहिचान गरी हालसम्म १८ वटा पार्क निर्माणको कार्य भइरहेको पनि मन्त्रालयले जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै मन्त्री केसीले राष्ट्रिय भवन संहितालाई देशका सम्पूर्ण नगरपालिका र एक हजारभन्दा बढी घरधुरी भएका गाउँपालिकामा कडाइका साथ लागू गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।