0 COMMENTS

काठमाडौं २२ जेठ०७४/ धूमकेतु सोमबार पृथ्वीनजिकै देखिने भएको छ । वैज्ञानिकहरुको अनुसार, धूमकेतु जोनसन नामको धूमकेतु पहिलोपटक पृथ्वी नजिकै देखिन लागेको हो ।

वैज्ञानिकहरुले धूमकेतु पृथ्वीनजिक देखिने यो अन्तिमपटक भएको समेत बताएका छन् ।यो पृथ्वीको सबैभन्दा नजिक रहँदा १२, १३, ३९ र ७८६ किलोमिटरको दूरीमा रहने वैज्ञानिकहरुले बताएका छन् ।

नेपालमा यो दुर्लभ खगोलीय घटनालाई नियाल्ने व्यवस्था एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले गरेको छ । नासोले अंकुर विद्याश्रम, विजयचोक गौशालामा यसको अवलोकन गर्ने व्यवस्था मिलाएको जनाएको छ ।

वैज्ञानिकहरुले यसलाई अवसरको रुपमा लिएका छन् । क्षुद्र ग्रह र धूमकेतु सौर्यमण्डल उत्पत्तिका अवशेष भएकाले पृथ्वीनजिक आउँदा धेरै रहस्य खोतल्न सजिलो हुने विश्वास गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।