0 COMMENTS

काठमाडौं२२ जेठ०७४/ जुन महिना लागेसँगै काठमाडौंमा गर्मी बढेको छ । पश्चिम तराईमा पनि गर्मी बढेको छ ।मौसमविद् राजु प्रधानाङ्गका अनुसार पछिल्लो दुई दिनमा काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस मापन भएको छ । साथै वायुमण्डलमा ‘हृयूमिडिटी’ बढेका कारण रातमा पनि गर्मी महसुस हुने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार र आइतबार काठमाडौंको तापक्रम ३२ डिग्री सेल्सियस मापन छ । यो काठमाडौंमा वर्षकै उच्च तापक्रम भएको मौसमविद प्रधानाङ्गगले बताए । अघिल्लो महिनामा काठमाडौंको तापक्रम ३१.६ डिग्री सेल्सियससम्म पुगेको थियो ।

पश्चिम तराईमा पनि गर्मी बढेको छ । धनगढीको तापक्रम ४१.४ डिग्री सेल्सियम मापन भएको छ ।

मौसम विभाग विभागका अनुसार पछिल्लो चार दिन तापक्रम ४० डिग्री सेल्सियमबाट उकालो लागेको छ । जबकी अघिल्लो महिना धनगढीको तापक्रम जम्मा ५ दिनमात्र ४० डिग्री सेल्सियम कटेको थियो ।

नेपालगञ्जमा भने मेमा ४२ सम्म पुगेको तापक्रम जुन महिनामा ४०.६ डिग्री सेल्सियसमा झरेको छ । त्यहाँ अघिल्लो महिना ८ दिन तापक्रम ४० डिग्री सेल्सियमबाट उकालो लागेको देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।