0 COMMENTS

काठमाडौँ, २१ जेठ०७४/ अनेक आशंका कायमै रहेका बेला अन्ततः नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा बन्न लागेको नयाँ सरकारलाई झण्डै दुई तिहाई सांसदको समर्थन मिलेको छ ।

देशको ४० औं प्रधानमन्त्री बन्नका लागि देउवालाई भारी बहुमत देखिएको हो । पछिल्लोपटक देउवालाई समर्थन गर्नेमा कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम पनि थपिएको छ । योसँगै ३६७ अर्थात करिब ६२ प्रतिशत सांसदको समर्थन देउवालाई देखिएको छ ।

देउवालाई प्रधानमन्त्री बन्न २९८ सांसदको समर्थन भए पुग्छ । तर, देउवालाई अब कांग्रेसका २०७, माओवादीका ८२, राप्रपाका ३७, नेपाल लोकतान्त्रिक फोरमका १७, संघीय समाजवादी फोरम नेपालका १५, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसद गरी ३६७ जना सांसदको समर्थन छ । २४ जना सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवाले समर्थन गर्ने ग्रिन सिग्नल दिएको छ । अहिले संसदमा ५९३ सांसद छन्।आइतबार नै प्रधानमन्त्रीको निर्वाचन तय गरिएको थियो । तर, एमालेसँगको छलफलपछि मंगलबारसम्मका लागि सारिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।