0 COMMENTS

काठमाडौँ२१जेठ २०७४/पशुपतिनाथको आयमा देवस्व मानेर देवश्वम् आयकर लिने गरिएको नभए पनि गुठी संस्थानअन्तर्गत राजगुठीमा दरिएका मुलुकभरका करिब साढे दुई हजार मन्दिरको आयस्तामा आयकर लाग्दै आएको छ । यो विभेदलाई देवस्थलको व्यवस्थापनमा लागेका पशुपति विकास कोष र गुठी संस्थानले सुल्झाउन सकेका छैनन् । यो खबर सरोज आचार्यले आजको गोरखापत्रमा लेखेका छन्।
गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले अर्थ मन्त्रालयले देवस्वमा आयकर नलगाउनु भनी परिपत्र गरे पनि आन्तरिक राजस्व कार्यालयले देवस्वमा कर नलिन मिल्दैन भन्दै कर कट्टा गरिरहेको बताए।
उनले कर कटाउनु गल्ती भयो भनेर आन्तरिक राजस्व कार्यालयले एक समय काटिएको कर पनि फिर्ता गरेको स्मरण गर्दै पुनः कर छोड्नै हुँदैन भनेर आयकर कट्टा गर्न थालेको बताए।
पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. गोविन्द टण्डनका अनुसार पशुपतिनाथको आयस्थामा कर बुझाउनुपर्ने दायित्व कोषलाई नभए पनि पशुपतिनाथका मूल पूजारीसहित अन्य पुजारी र भण्डारीले बुझ्ने पारिश्रमिकमा आयकर लाग्ने र नाथको आयस्ता भेटीमा कर नलाग्ने दाबी गरे।
संविधानअनुसार सङ्घीय व्यवस्थामा गुठी आयस्ता बाहेकको रकम मात्र सञ्चित कोषमा दाखिला हुने र सङ्घीय वा प्रदेश सरकारले पनि देवस्वको रकमलाई प्रदेश वा सङ्घीय सरकारको कोषमा दाखिला नहुने व्यवस्था गरेको छ । यसो भए पनि हाल पशुपतिनाथको भेटी, दान दातव्यलगायतका आयस्तामा कर नलाग्ने तर सूर्य विनायकलगायत उपत्यकाका चार विनायक, चार नारायण र गुठी संस्थानअन्तर्गतका साढे दुई हजारभन्दा बढीका देवताको आयस्तामा भने यो कर लागिरहेको छ । संस्थानका प्रशासक नारायण चौधरीले संविधानको मर्म र भावना विपरीत देवताको आयस्तामा आयकर लगाउनु गैरसंवैधानिक कार्य भएको दाबी गर्दै यसलाई हटाउनुपर्ने बताए।
देव मन्दिरको आयस्तालाई राजस्वमा मिसाउँदा दोष लाग्छ भनेर विगतका संविधानमा पनि देवस्व र राजस्व अलग गरिएको हो तर यसको विपरीत कार्य भइरहेको संस्थानका प्रवक्ता थपलिया बताए।
यस विषयमा आन्तरिक राजस्व विभागका पदाधिकारीसँग सम्पर्क गर्दा सम्पर्क हुन सकेन । गुठी संस्थानका प्रवक्ता थपलियाले भने, ‘पशुपतिनाथको आयमा कर लाग्दैन तर उनैका छोरा सोह्हाते गणेश र मरु गणेशलाई आयस्तामा आयकर लाग्ने गरेको छ । यस्तो पनि ठीक हो त

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।