0 COMMENTS

काठमाण्डाै१९जेष्ठ०७४/  प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी गरेको छ।
प्रधानमन्त्री निर्वाचन प्रक्रिया अघि बढाउने तयारी भइरहेका बेला नेता शंकर पोखरेलले उपाध्यक्ष बामदेव गौतम प्रधानमन्त्रीको उम्मेदवारका लागि योग्य रहेको स्पष्ट पारे। उनले पार्टीले बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने सम्भावना रहेको बताए।

उनले सरकारको नेतृत्वको विषयमा काँग्रेस भित्रैबाट पनि विकल्प खोजे स्वागत गर्ने प्रतिक्रिया पनि दिए। शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले काँग्रेस सभापति शेरबहादुर देउवाको विकल्प खोजे आफ्नो पार्टीको पनि सहयोग रहने स्पष्ट पारे। उनले वर्तमान गठबन्धनलाई कायमै राखेर सरकार गठन गर्ने कुुरा राष्ट्र र जनताको हितमा नहुने पार्टीको निरन्तरको ठम्याई रहेको पनि स्मरण गराए।

एमाले नेता पोखरेलले राष्ट्रिय जनता पार्टी, नेपाल निर्वाचनमा सहभागी हुने दावी समेत गरे। उनले निर्वाचन प्रक्रिया सुरु भएपछि सबै मधेश केन्द्रित दलहरु निर्वाचनमा भाग लिने बताए। नेता पोखरेलले निर्वाचनमा भाग नलिए मधेश केन्द्रित दलहरु आफै समाप्त भएर जाने चेतावनी समेत दिए।नेता पोखरेलले मधेशका जनताले निर्वाचन चाहेकाले कुनै पनि दल त्यसको विपक्षमा उभिने अवस्था नरहेको तर्क समेत गरे।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।