0 COMMENTS

 काठमाडौं१९ जेठ०७४/राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतिय सरकार गठनको लागि आह्वान गरेपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्रीको उम्मेदवार छान्न विपक्षी गठबन्धनको बैठक बोलाएको छ । राष्ट्रिय सहमति सरकार गठन हुन नसकेपछि बहुमति प्रक्रियाबाट सरकार गठन हुने भएको छ ।

कांग्रेस र माओवादी केन्द्रबीच भएको भद्र सहमति अनुसार अबको प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवा हुने निश्चित छ । लोकतान्त्रिक प्रक्रिया अनुसार एमालेले पनि प्रधानमन्त्रीको निर्वाचनमा उम्मेदवार दिने भएको छ । एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले लोकतान्त्रिक प्रक्रिया अनुसार पार्टीले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिने बताए । उनले भने,‘आज दिउसो १२ बजेको लागि एमाले संसदीय दलको कार्यालयमा विपक्षी गठबन्धको बैठक बोलाइएको छ, त्यहीँबाट टुंगो लगाउछौ ।’
एमालेका एक नेताका अनुसार प्रधानमन्त्री उम्मेदवारमा पूर्व सभामुख समेत रहेका एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई उठाउने तयारी भएको छ । यसअघि पनि पनि एमालेले नेम्वाङलाई नै अगाडि सारेको थियो । एमाले नेतृत्वको विपक्षी गठबन्धनमा नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा लगायतका दलहरु सहभागी छन् । यसअघि कांग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको सर्वदलिय बैठक एमालेले बहिष्कार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।