0 COMMENTS

काठमाडौं१९ जेठ ०७४/ मन्त्रीलाई सुविधास्वरुप एउटा गाडी उपलब्ध गराउने सरकारी प्रावधान भए पनि परराष्ट्रमन्त्री प्रकाशशरण महतले तीन वटा सरकारी गाडी प्रयोग गर्दै आएका छन् ।

परराष्ट्रमन्त्री भएपछि उनले दुईवटा बुलेट प्रुफ ‘मर्सिडिज बेन्ज’ र एउटा ‘स्कार्पियो’ गरी तीनवटा सरकारी गाडी प्रयोग गरिरहेका हुन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार सरकारी प्लेट (सेतो) मा रहेको स्कार्पियो गाडीको नम्बर प्लेट नै परिवर्तन गरी उनले निवासको प्रयोजनमा प्रयोग गरेका छन् । अहिले स्कार्पियो गाडीको नम्बर रातो बनाइएको छ । निजी सवारी साधनमा रातो नम्बर प्रयोग हुन्छ ।

सरकारी नम्बर प्लेटको स्कार्पियोलाई निजीमा परिवर्तन गरी उनले निवासको प्रायोजनका लागि राखेको स्रोतले बतायो । ‘परराष्ट्र मन्त्रीज्यूले आफ्नो प्रयोजनका लागि तीन वटा गाडी राख्नु भएको छ । दुई वटा मर्सडिज बेन्च र एउटा स्कारपियो । मर्सिडिज गाडी कार्यालयको प्रायोजनका लागि राख्नुभएको छ भने स्कार्पियो गाडी निवासमा राख्नुभएको छ,’ स्रोतले भन्यो ।

२०६८ भदौमा सरकारले प्रधानमन्त्री, मन्त्री, सहमायक मन्त्री तथा राज्यमन्त्रीको सेवा सुविधा निर्धारण गरेको थियो । जसमा मन्त्रीलाई मासिक ६० हजार ९ सय ७० रुपैयाँ, एउटा गाडी, मासिक २ सय ७ लिटर पेट्रोल, वार्षिक २० लिटर मोबिल, सञ्चार सुविधा मासिक ३ हजार रुपैयाँ, मासिक मसलन्द खर्च ३ हजार पाँच सय रुपैयाँ र जिल्ला भ्रमणमा जाँदा दैनिक ३ हजार रुपैयाँ भत्ता दिने उल्लेख छ । –नागरिक दैनिकबाट

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।