0 COMMENTS

कठमाडौं१८ जेठ०७४/ अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा वरियतामा नेपाल ४ स्थान माथि उक्लिएको छ । अघिल्लो महिना तीन स्थाल तल १ सय ७३ मा झरेको नेपालले योपटक चार स्थान सुधारेको हो ।

फिफाले आज सार्वजनीक गरेको वरियतामा नेपाल १ सय ६९ औं स्थानमा उक्लिएको छ । दक्षिण एशियाली राष्ट्रमध्ये सबैभन्दा अगाडी रहेको भारत यसपटक यथास्थान १ सयौं स्थानमा रहेको छ ।

अफगानिस्तान ४ स्थान तल १ सय ५८, भूटान दुई स्थान तल १ सय ६६, माल्दिभ्स ४ स्थान तल १ सय ५६ स्थानमा झर्दा बंग्लादेश एक स्थानमाथि १ सय ९२ औंस्थानमा र पाकिस्तान एक स्थान माथि २ सयौं स्थानमा उक्लिएको छ ।वरियतामा यसपटकपनि ब्राजिल शीर्ष स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।