0 COMMENTS

चितवन१८ जेठ०७४/ भरतपुर महानगरपालिका मतगणनाका क्रममा ९० मतपत्र च्यातिएको पाइएको छ ।

निर्वाचन आयोगले च्यातिएको मतपत्र गन्न निर्देशन दिएपछि उम्मेदवारहरुको रोहवरमा बिहीबार शिलबन्दी खोलिएको थियो ।
गणनामा संलग्न नेपाली कांग्रेसकी उपमेयरकी उम्मेदवार पार्वती शाहले च्यातिएको ९० मतपत्र गन्न सक्ने अवस्थामा नरहेको बताइन् । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भनिन्, ‘गन्न मिल्नेसम्म टेप लगाएर पनि मिलाइएको छ । तर, च्यातिएका मतपत्रहरु गन्न मिल्ने अवस्थामा छैन । एक मतले पनि हार जित हुने भएकाले पुनःमतदान गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।