0 COMMENTS

काठमाडौं१८जेष्ठ०७४/दूधमा आत्मनिर्भर बन्ने घोषणा गरेको सरकारले उत्पादन बढाउन नसकेपछि विदेशबाट उन्नत नश्लका गाई ल्याउन पहल सुरु गरेको छ ।

भारतबाट उन्नत जातका गाई ल्याउने प्रयास असफल भएपछि चीनबाट ल्याउने प्रक्रिया अघि बढाएको हो ।
राष्ट्रिय दुग्ध विकास बोर्डले चीनको कृषि यान्त्रीकरण विज्ञान प्रतिष्ठानको सहयोगमा उन्नत नश्लका गाईसहित नयाँ परियोजना ल्याउन सुरु गरेको छ ।

सरकारले आगामी २ वर्षभित्र दूधमा आत्मनिर्भर बन्ने योजना बनाएको छ । उन्नत नश्लका गाई नहुँदा अपेक्षाकृत दूध उत्पादन बढ्न नसकेकोले चीनबाट ल्याउन लागिएको हो । उन्नत नश्लका गाईसहित नयाँ परियोजना ल्याउन पहल भएको उल्लेख छ । नागरिक दैनिकबाट ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।