0 COMMENTS

काठमाडौं१७ जेष्ठ०७४/ पश्चिमाञ्चल विकास क्षेत्रले राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटमा पहिलो जित हात पारेको छ । बुधबार भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चल विकास क्षेत्रलाई ९५ रनले पराजित गर्दै पहिलो जित निकालेको हो ।
कीर्तिपुरस्थित टियु मैदानमा पश्चिमाञ्चलले दिएको २०३ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले ४० ओभर ३ बलमा अलआउट हुदैँ १०७ रन मात्र बनाउन सक्यो । मध्यमाञ्चलका लागि इशान पाण्डेले २४ तथा किशोर महतो अविजित २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् ।

कप्तान शरद भेषवाकरले मात्र ७ रन जोडेको मध्यमाञ्चलको पारीमा संसद आलमले १५ तथा सुमित महर्जनले १० रन जोडे । मध्यमाञ्चललाई सस्तैमा समेट्ने क्रममा पश्चिमाञ्चलका लाल अधिकारी र रोहित कुमारले तीन तीन तथा विपिन खत्रीले दुई विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले निर्धा्रित ५० ओभरमा ८ विकेट गुमाएर २०२ रनको उच्च स्कोर बनाएको थियो । मात्र ८७ रनको स्कोर बनाउदा महत्वपूर्ण पाँच विकेट गुमाएको पश्चिमाञ्चलको उच्च स्कोरमा सौरभ खनाल नायक बने । अविजित रहेका सौरभले ७८ रनको अर्धसतकीय पारी खेले । ५८ बलको सामना गरेका सौरभले ६ छक्का र तीन चौका प्रहार गरेका थिए । पहिलो खेल अन्तर्गत एपीएफ क्लबविरुद्ध उत्कृष्ट पारी खेलेका सौरभको यो लगातार दोस्रो अर्धसतक पनि हो ।

यस्तै पश्चिमाञ्चलका लागि अन्तिम थापाले ३४, अनिल गुरुङले २८ रन जोड्दा विधान श्रेष्ठले १८ तथा कृष्ण कार्कीले १५ रन बनाए । मध्यमाञ्चलका लागि किशोर महतोले तीन तथा नन्दन यादवले दुई विकेट लिए ।जितसँगै समूह बि मा रहेको पश्चिमाञ्चलले २ अंक जोडेको छ । यो जितले पहिलो खेलमा एपीएफसँग पराजित पश्चिमाञ्चल सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । यस समुहमा एपीएफको पनि २ अंक छ । मध्यमाञ्चल र सुदुरपश्चिमाञ्चलको एक एक अंक छ । समूह ए बाट दुई विभागीय टोलि त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।