0 COMMENTS

काठमाडौं१७जेष्ठ०७४/ट्राफिक नियमविपरीत बाटो काट्ने ३ हजार ३ सय ४८ जना पैदल यात्रु मंगलबार कारबाहीमा परेका छन् । जेब्रा क्रसिङ नभएको ठाउँमा बाटो काट्ने, जथाभावी बाटो काट्नेलाई कारबाही गर्ने पूर्वघोषणाअनुरुप उनीहरुलाई कारबाही गरिएको ट्राफिक प्रहरी महाशाखाका प्रमुख नायब महानिरीक्षक मिङ्मार लामाले जानकारी दिए । भने, “कारबाहीमा परेकामध्ये २ हजार १२० जनाले रु २०० का दरले जरिवाना तिरे भने बाँकी १ हजार २२८ जनाले ट्राफिक प्रहरीले दिने जनचेतना कक्षामा सहभागी भए ।”

यसरी कारबाहीमा परेकाबाट रु ४ लाख २४ हजारभन्दा बढी रकम राजस्वमा जम्मा भएको छ । जरिवाना रकम नतिर्नेलाई तीन घन्टा नियन्त्रणमा लिएर आधा घन्टाको सचेतना कक्षा दिइएको थियो । सडक दुर्घटनामा मृत्यु हुनेमध्ये ४२ प्रतिशत पैदल यात्रु रहेको विवरणका आधारमा त्यसलाई व्यवस्थित गर्न अभियान सुरु गरिएको उनको भनाइ छ । प्रहरीले आजदेखि नियमित रुपमा यसलाई कार्यान्वयन गर्ने भएको छ ।

“सडक दुर्घटनमा मृत्यु हुने ४२ प्रतिशत पैदल यात्रु रहेका छन्, उनीहरुका कारण सवारीमा रहेका थप चालक र यात्रुको समेत मृत्यु हुन्छ । यसरी ५० प्रतिशतभन्दा बढीको मृत्युका कारण पैदल यात्रु रहेकाले त्यो घटाउने हाम्रो उद्देश्य हो”, उनले भने । ट्राफिक प्रहरीले वैशाख १ गतेदेखि राजधानीमा सवारी साधनको ‘हर्न’ बजाउन निषेध गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।