0 COMMENTS

 रौतहट१६ जेठ०७४/ दोस्रो चरणको चुनावको बिरोधमा राष्ट्रिय जनता पार्टीका नेता, कार्यकर्ताले मंगलबार प्रमुख निर्वाचन अघिकृतको कार्यालय घेराउ तथा प्रदर्शन गरेका छन् ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा प्रदर्शनसहित तालाबन्दी गर्न पुगेका राजपाका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालतमा रहेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयलाई घेराउ गरी प्रदर्शन गरिरहेका २ दर्जन भन्दा बढी नेता कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अजय गुप्ता, अनिल सिंह, अरुण सिंह, रामेश्वर राय यादव, शेख जमसेद, राजकुमार दास र गीता कुशवाहा लगायतका नेता तथा कार्यकर्ताहरु रहेका छन । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गौरमा राखिएको छ ।

केन्द्रीय कार्यक्रम अनुसार नै तराई मधेशका जिल्लाहरुमा राजपाले मंगलबार निर्वाचन कार्यालय घेराउ गरेको जनाएको छ ।

रौतहट, बारा, सर्लाही लगायतका जिल्लाहरुमा राजपाले प्रदर्शन गरेको छ भने महोत्तरीका विभिन्न गाँउपालिकाहरुमा समेत राजपाका कार्यकर्ताहरुले तालाबन्दी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।