0 COMMENTS

काठमाडौं,१६जेठ०७४/भरतपुर महानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा थियो। सोमबार गणतन्त्र दिवससँगै भतरपुर महानगरपालिकाको मेयर घोषणा हुने निश्चितजस्तै थियो। यही आसमा आइतबार सुतेका भरतपुरबासीहरूलाई सोमबार बिहानैको खबरले नराम्ररी झस्कायो। मध्यरातमा मत पत्र च्यातेपछि मतगणना कार्य स्थगित भइसकेको थियो। यो खबर रमेशकुमार पौडेलले आजको नागरिक दैनिकमा लेखेका छन्।
मतगणना स्थगित गर्नुपर्ने कारणबारे मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले मतगणनास्थलको अवस्थाबारे गरेको वर्णनले भरतपुर नगरबासी मात्रै नभएर देश विदेशमा धेरै नेपाली आश्चर्यमा परे। कुल २९ वडा रहेको भरतपुरमा २७ वटा वडाको मतगणना सकिएको थियो। अन्तिमको पालो परेको वडा नम्बर १९ र २० मध्ये १९ नम्बर वडाको मतगणना आइतबार साँझ सुरू भएको थियो।

किन च्यातियाे मतपत्र

प्रतिस्पर्धामा रहेका मुख्य दलले मतपत्र च्यातीनुकाे कारण भने एउटै दिएकाछन ।अाफ्नाे पार्टिकाे उमेदवारले जीत्ने अबस्था बढेर गएपछी प्रतीस्पर्धीले मतपत्र च्यातेकाे भन्ने अाराेप सबैमा छ ।एमालेका जील्ला अध्यक्ष कृष्णभक्त पाेखरेलले जारीगरेकाे बीज्ञप्तीमा भनीएकाे छ, १९ नम्बरकाे मतगनदा हाम्राा उमेदवार देवि जि ले जीत्ने पक्का भएपछी माअाेबादी हरू ले मत पत्र च्यातेका हुन ।

मेयर पदमा एमाले र हाम्राे उमेदवार बिचकाे मतान्तर लगभग ३९ सयबाट घटेर अाफ्नाे उमेदवार जिततर्फ अगाडि बढेकाे अबस्थामा यस्ताे घटना भएकाेले माअाेबादि केनद्रका जिल्ला इन्चार्ज ले जारी गरेकाे बिज्ञप्तीमा उल्लेख छ ।काङ्गेसकाे विज्ञप्तिमापनि अाफ्नाे उमेदवारकाे उपमेयरमा विजय सुनिस्चित भइसकेकाे अबस्थामा याे घटना भएकाे उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।