0 COMMENTS

भक्तपुर१६ जेठ०७४ /चाँगुनारायण नगरपालिकाका वडा नं ८ मा एमालेकोे समूह नै विजयी भएको छ ।

वडा नं ८ मा एमालेबाट वडा अध्यक्षको उम्मेदवार रहेका परासर सापकोटाले एक हजार १९६ मत प्राप्त गरी विजयी भएका हुन भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका कुवेर खत्रीले ९३३ मत प्राप्त गरेका छन् ।

त्यसैगरी, महिला सदस्यमा कृष्णा कार्कीले एक हजार ३७५ मत, दलित महिला सदस्य भगवती परियार एक हजार ३६० मत, सदस्य सत्यराम तसजुले एक हजार ३६४ मत र नरेन्द्रबहादुर श्रेष्ठले एक हजार ३७३ मत प्राप्त गरी विजयी भएका छन् ।

त्यसैगरी, चाँगुनारायण नगरपालिकामा एमालेका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहेका सोम मिश्रले सात हजार ४६४ मत र उपप्रमुख विना बास्तोलाले सात हजार ८३६ मत प्राप्त गरी अग्रता लिएका छन्।

यता नेपाली काँग्रेसका नगरप्रमुखका उम्मेदवार राजाराम खड्काले छ हजार ३९७ मत र उपप्रमुखमा सरु बाँनियाले छ हजार ९६५ मतले पछ्याएकी छिन् ।

यस नगरपालिकामा राप्रपाका तर्फबाट नगरप्रमुखका उम्मेदवार रहनुभएका रवीन्द्रप्रताप शाहले चार हजार ९८१ मत, उपप्रमुखकी उम्मेदवार यवती कार्कीले चार हजार ३२७ मत ल्याएर ल्याएकी छिन् ।

नेमकिपाका तर्फबाट नगरप्रमुखको उम्मेदवार रहेका न्हुछे फोजूले तीन हजार ४८९ मत र उपप्रमुख रीता काफ्लेले तीन हजार १५ मत प्राप्त गरी प्रतिस्पर्धामा रहेका छन् ।

अन्तिम वडाका रुपमा रहेको ९ नम्बर वडाको मतगणना हिजो राति ९ बजेदेखि सुरु भएको छ भने आज बिहानसम्ममा यस नगरपालिकाको अन्तिम नतिजा सार्वजनिक हुने निर्वाचन अधिकृत रिञ्जा डङ्गोलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।