0 COMMENTS

काठमाडौं१५ जेठ०७४/ प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसद अवरोध गर्ने चेतावनी दिएपछि सरकारले प्रधानन्यायाधीश विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएको छ ।

सहमति विपरित महाअभियोग स्थगित मात्रै गरेको भन्दै एमालेले अवरोध गर्ने चेतावनी दिएपछि संसद बैठक एक घण्टा ढिला सुरु भयो । बजेट नै रोकिने भएपछि सरकारले कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिएपछि एमाले संसद चल्न दिन सहमत भएको हो ।

अचानक एमालेले अवरोध गर्ने स्थिती आएपछि प्रमुख दलका शीर्ष नेताहरुबीचको छलफलपछि सरकारले महअभियोग प्रस्ताव फिर्ता लिएको हो । एमालेको चेतावनी पछि ४ बजे बोलाइएको बैठक ५ बजे बल्ल सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।