0 COMMENTS

काठमाण्डाै१५जेष्ठ०७४/एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भरतपुरमा पुन मतदानाको सपना नदेख्न सल्लाह दिएका छन्। उनले भरतपुर घटना प्रधानमन्त्रीको निर्देशनमा भएको आरोप पनि लगाए। एमाले विद्यार्थी संगठन अनेरास्वियुले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। ‘कार्यकर्तालाई मतपत्र च्यात्न निर्देशन दिएर पुन: मतदान हुने सपना प्रधानमन्त्रीजीले नदेख्नुभए हुन्छ,’ एमाले अध्यक्ष ओलीले भने, ‘यस्तो सम्भव छैन।’ उनले जहाँ मतगणना जहाँ रोकिएको हो, त्यही ठाउँबाट सुरु गर्न माग गरे।

दोस्रो चरणको चुनाव सार्न सत्तारूढ नेपाली कांग्रेस र माओवादी केन्द्र बहानबाजीमा लागेको आरोप समेत लगाए। ‘एमाले समयमै चुनाव हुनुपर्छ भन्ने पक्षमा छ, चुनाव सार्ने पक्षमा छैन,’ उनले भने, ‘चुनाव सार्न सत्तारूढ दलहरूले विभिन्न बहानाबाजी गरिरहेका छन्।

अनेरास्ववियुले दोस्रो चरणको चुनावको प्रचारका लागि सोमबार काठमाडौंमा विशेष भेला आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।