0 COMMENTS

काठमाडौं१५, जेठ ०७४/सेयरका लागि आवेदन दिने तर नपाउने समस्याले सर्वसाधारण लगानीकर्ता निराश भइरहेका छन्। अब भने त्यस्तो दिग्दारी खेप्नु नपर्ने भएको छ। यो खबर विष्णु बेल्बासेले आजको नागरिक दैनिकमा लेखेका छन्।
हरेक आवेदकले अनिवार्य रूपमा १० कित्ता सेयर पाउने भएका छन्। नेपाल धितोपत्र बोर्डले साउनदेखि हरेक आवेदकले कम्तिमा १० कित्ता सेयर पाउने व्यवस्था गर्न लागेको हो।

बोर्डले सेयर व्यवहारिक रूपमा वितरण गर्न नसकिएको भन्दै त्यसलाई परिमार्जन गरेर कम्तिमा हरेक व्यक्तिलाई १० कित्ता दिनुपुर्ने व्यवस्था गर्न लागेको हो। आवेदकलाई हात खाली नपठाउने नीति अनुसार यस्तो व्यवस्था गर्न लागिएको बोर्डले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।