0 COMMENTS

काठमाण्डौ १५ जेठ०७४/ सरकारले प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न मानपदवी प्रदान गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदको आइतबार बसेको बैठकमा नेपाली कांग्रेसका संस्थापक नेता एवं जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई यो पदक प्रदान गर्ने निर्णय गरेको हो । नेपाल रत्न मानपदवी नेपाल सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो पदक हो गत वर्ष नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न पदक प्रदान गरिएको थियो ।

महेन्द्र नारायण नीधिलाई राष्ट्रिय गौरव मरणोपरान्त पदकले सम्मान गर्न निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।