0 COMMENTS

१५ जेठ, काठमाडौं/भरतपुर महानगरपालिकाको सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित भएको छ।भरतपुरका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद न्यौपानेले अहिलेको स्थितमा चुनाव प्रक्रिया अघि बढाउन नसक्ने भएकाले सम्पूर्ण चुनावी प्रक्रिया स्थगित भएको जानकारी दिए। उनले अब यसबारेमा सम्पूर्ण जानकारी निर्वाचन आयोगलाई गराउने र यसबारेमा थप निर्णय निर्वाचन आयोगले नै गर्ने बताए।

मत गणनास्थलमा मेयर पदका उम्मेदवारहरु एमालेका देबी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए । मतगणना अन्तिम चरणमा पुगेका बेला मतपत्र च्यातिएपछि तनाव बढेको थियो ।

न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै रहेका दाहालको प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

भएको के थियो ? मुख्य निर्वाचन अधिकृतको बयान

‘म ट्वाइलेट गएँ। त्यो भन्दा सबै शान्त थियो। सौहार्द पूर्ण रुपमा मतगणनाको कार्य अघि बढेको थियो। म दुई मिनेटमा फर्केर आउँदा मतगणना स्थल रणभुमीमा परिणत भइसकेको थियो। सबैले आफ्नो ज्यान जोगाउन भागाभाग गरिरहेका थिए। कोहीले मतपत्र च्यात्दै थिए। कसले च्यात्यो कति च्यातियो यसबारेमा म अहिले भन्न सक्दिन।’

एमालेका उम्मेदवार देवी ज्ञवालीले सत्तारुढ दलले आफ्नो हार स्वीकार गर्न नसक्दा मत च्यातेर बर्बरता अपनाएको बताएका छन्।

यो घटनामा माओवादी केन्द्र र कांग्रेसको संलग्नता भएको उनले बताएका छन्।उनले निर्वाचन आयोगले जे निर्णय गर्छ सो मान्य हुने बताएका छन्।[view_video url=”v7J_PXL6lt8″]

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।