0 COMMENTS

पोखरा१४ जेठ०७४/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको सफल कार्यान्वयनका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको बताएका छन् ।

प्रेस चौतारी नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले निर्धारित समयभित्र दोस्रो चरणको स्थानीय तह, प्रादेशिक र सङ्घीय निर्वाचन सम्पन्न नहुँदासम्म राष्ट्रिय समहतिको विकल्प नभएको बताए। “स्थानीय तहको पहिलो चरणको निर्वाचन सम्पन्न भइसकेको छ, दोस्रो चरणको निर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु वर्तमानको आवश्यकता हो” पूर्वप्रधानमन्त्री ओलीले भने “कुनै पनि बहानामा निर्वाचन रोकिन हुँदैन ।

निर्वाचनका बीचमा एमालेका विरुद्ध आएको स्थानीय तह थप प्रस्ताव सर्वोच्च अदातलबाट अस्वीकार गरिएको बताउँदै ओलीले राष्ट्रिय जनता पार्टीलाई निहुँ मात्र खोज्नुभन्दा निर्वाचनमा आएर जनताको मन जित्न आग्रह गरे ।

लोकतान्त्रिक प्रक्रिया अगाडि बढाउने सन्दर्भमा सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै उहाँले माघ ७ गतेभित्र तीनै तहको निर्वाचन सम्पन्न गरी संविधान कार्यान्वयनका लागि जनमत सिर्जना गर्न पत्रकारलाई आग्रह गरे ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।