0 COMMENTS

काठमाडौं १४,जेठ०७४/ काठमाडौं महानगरपालिकाका १८ अ‍ेटा वडामा नेकपा एमाले र १४ वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

एमालेका तर्फबाट वडा नम्बर–१ मा भरतलाल श्रेष्ठ, २ मा राजेन्द्रकुमार श्रेष्ठ, ३ मा दीपेन्द्र केसी, ४ मा मोहनबहादुर विष्ट, ७ मा शुद्धकुमार डंगोल, ९ मा भरतलाल श्रेष्ठ, १२ मा विकास डंगोल, १३ मा धु्रवनारायण मानन्धर, १४ मा शोभा सापकोटा, १५ मा ईश्वरराज डंगोल, १८ मा न्हुच्छेकाजी महर्जन, २१ मा उदयचूडामणि बज्राचार्य, २२ मा चीनकाजी महर्जन, ३३ मा मच्चाराम महर्जन, २४ बालकृष्ण श्रेष्ठ, २७ चिनियाँमान वज्र्राचार्य, ३१ मा नारायणप्रसाद भण्डारी र ३२ मा नवराज पराजुलीले वडााध्यक्षमा विजय हासिल गरेका छन् ।

त्यसैगरी, कांगेसका तर्फबाट वडा नम्बर–५ मा रमेश महर्जन, ६ मा दीपेन्द्र लामा, ८ मा दिनेशकुमार डंगोल, १० मा रामकुमार केसी, ११ मा हिरालाल तण्डुकार, १६ मा मुकुन्द रिजाल, १७ मा नवीन मानन्धर, १९ मा शशीलाल श्रेष्ठ, २० मा राजेन्द्र मानन्धर, २५ मा नीलकाजी शाक्य, २६ मा ख्यामराज तिवारी, २९ मा कुश ढकाल, २८ मा भाइराम खड्की र ३० दलबहादुर कार्की वडाध्यक्षमा विजयी भएका छन् ।

वडा नम्बर–१४ मा महिला वडाध्यक्ष
एमालेको तर्फबाट महिला वडाध्यक्षमा एकमात्र महिला उम्मेदवार शोभा सापकोटाले तीन हजार ८०७ मत ल्याएर विजय हासिल गरेकी हुन् । कामपाका अन्य वडामा सबै ठूल पार्टीले वडाध्यक्षमा पुरुषलाई नै उम्मेदवार बनाएका थिए ।३२ वडा रहेको कामपामा दुई हप्ता लगाएर आइतबार बिहान सबै वडाको मतपरिणाम सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।