0 COMMENTS

काठमाडौं, १३ जेठ ०७४/काठमाडौं महानगरपालिका– १० मा नेपाली कांग्रेसको समूह विजयी भएको छ ।

काठमाडौं महानगरपालिकाको मुख्य निर्वाचन अधिकृत कार्यालयले केही समयअघि सार्वजनिक गरेको मत परिणामअनुसार दुई हजार ७०१ मत सहित अध्यक्ष पदमा रामकुमार केसी विजयी हुनुभएको छ ।केसीका प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार श्यामलाल तण्डुकारले दुई हजार ५०२ मत प्राप्त गर्नुभएको छ ।

महिला सदस्यमा आशा रोहणी श्रेष्ठले दुई हजार ५८५, दलित महिला सदस्य सुनिता भित्रकोटीले दुई हजार ७१० मत ल्याएर विजयी हुनुभएको हो ।खुल्ला सदस्यमा नरोज अर्यालले दुई हजार ५३३ र सतिश तण्डुकारले दुई हजार ३०२ मत ल्याएर विजय हासिल गर्नुभएको हो ।

महानगरको हालसम्ममा ३० वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा १७ स्थानमा नेकपा एमाले र १३ स्थानमा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ भने अब दुईवटा वडाको मात्र मत परिणाम आउन बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।