0 COMMENTS

काठमाडौं१३ जेठ०७४/चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २२ मा नेकपा एमालेको प्यानल बिजयी भएको छ ।

एमालेको प्रभाव क्षेत्र मानिने यो वडामा अध्यक्षसहित प्यानल बिजयी भएपनि महानगर प्रमुखमा भने एमालेलाई सोचेजस्तो भोट आएन । जसका कारण मतान्तर घट्दै गएको छ ।

यो वडामा देबीले १ हजार ५१ मत ल्याए भने रेणुले १२ सय ४ मत प्राप्त गरिन् । जसका कारण मतान्तर १४ सय ३० मा झरेको छ । प्राप्त पछिल्लो विवरण अनुसार देवीले ३८ हजार ५ सय ६७ मत ल्याएका छन् भने रेणुले ३७ हजार १ सय ३७ मत प्राप्त गरेकी छिन् ।

अब गन्न बाँकी काँग्रेसको प्रभाव क्षेत्र मानिने वडाहरुमा रेणुले सोचेजस्तो मत प्राप्त गर्दै गएको खण्डमा देबीलाई उछिन्न सक्ने अनुमान गरिएको छ । प्रतिष्पर्धा रोचक बन्दै गएकाले यसैले जित्छ भनेर भन्न सक्ने अवस्था छैन । दुबै उमेद्बारलाई काँग्रेसकै भोटको भर रहेकाले पनि अनुमान लगाउन गाह्रो भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।