0 COMMENTS

काठमाडौं, १३ जेठ०७४/ चार वर्षदेखि नेपाल इन्भेस्टमेन्ट बैंक र नबिल बैंकमा रोकिएर रहेको अजय सुमार्गीको ३ अर्ब २९ करोड रूपैयाँ निकाशा गर्न कसरत सुरू भएको छ। खबर मेनुका कार्कीले आजको अन्नपूर्णमा लेखेकी छन्।

सुमार्गीले दाहाल सरकार आएदेखि नै उक्त पैसा निकासा गर्न कसरत गर्दै आएका थिए।

अहिले प्रचण्ड सरकार बाहिरिएपछि उनले उक्त रकम निकासा गर्न धेरै कसरत गरे र यस विषयमा मन्त्रिपरिषद, अर्थ मन्त्रालय तथा राष्ट्र बैंकका गभर्नर डा. चिरिन्जिबी नेपालसँग पनि पटक पटक छलफल भयो। तर राष्ट्र बैंकले रोकेर राखेको रकम निकास गर्न भने सरकारले मानेन।

सुमार्गीले विदेशी कम्पनीबाट नेपालमा लगानी गर्न भनी ११ अर्ब रूपैयाँ नेपाल भित्र्याएका थिए। उक्त रकम मध्ये ८ अर्ब रूपैयाँ पहिला नै निकासा भइसकेको छ।

सुमार्गीले बेलाबेलामा साइप्रसी कम्पनी एयरवेल तथा ब्रिटिस भर्जिन आइल्याण्डको जोधार कम्पनीबाट रकम ल्याउने गरेका थिए। सुमार्गीले विभिन्न कम्पनीमा लगानी गर्न भनेर उक्त रकम नेपाल भित्र्याएका हुन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।