0 COMMENTS

काठमाण्डाै१२जेष्ठ०७४/११ वर्ष अगाडी धारिलो हतियार प्रहार गरी हत्या गर्ने कार्यमा संलग्न रही फरार रहेका  पूर्ण कुमार श्रेष्ठ पक्राउ परेका छन ।

२०६३।०३।०१ गते रातको समयमा पूर्ण कुमार श्रेष्ठ,कुमार लामा,राम बहादुर लामा समेतका ब्यक्तिहरुकाे समुहले काठमाण्डौ जिल्ला  वडा नं. १६ बालाजु बाईपास चोकमा तरवार, फलामे रड, खुकुरी जस्ता धारिलो हतियार प्रयोग गरी साबिक का.जि. फुटुङ्ग गा.बि.स.वडा नं. ८ ( हाल का.जि.तार्केश्बर न.पा. बस्ने कान्छा महर्जन भन्ने राधा कृष्ण महर्जनलाई कर्तब्य गरी मारेको कर्तब्य ज्यान मुद्दाको अनुसन्धानको क्रममा घटना मिति देखिनै फरार रहेका   धादिङ जिल्ला निलकण्ठ गा.बि.स. वडा नं. ५ घर भएका बर्ष ३६ को पूर्ण कुमार श्रेष्ठलाई खोजतलास गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले मिति २०७४।०२।०९ गते का.जि. का.म.न.पा. १६ बालाजु माछापोखरी ईलाकामा लुकीछिपी बसेको अबस्थामा फेला पारी निजलाई पक्राउ गरी मिति २०७४/०२/१० गते सम्मानित काठमाण्डौं जिल्ला अदालतमा बुझाईएकोमा मिति २०७४/०२/१२ गतेको काठमाण्डौं जिल्ला अदालतको आदेशले पुर्पक्षको लागी केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा थुनामा पठाईएको ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।