0 COMMENTS

काठमाण्डाै१२जेठ०७४/ राष्ट्रिय जनता पार्टी नेपालले आगामी जेठ ३१ मा हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ। संविधान संशोधनको माग राखेर राजपाले निर्वाचन बिथोल्ने गरी आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गरेको हो। उम्मेदवारी दर्ता गर्ने दिनलाई लक्षित गर्दै पार्टीले जेठ १८ र १९ दुई दिन आमहड्तालसमेत आह्वान गरेको छ।

कार्यम्रक अन्तर्गत भोलि शनिबारदेखि निर्वाचनसम्बन्धी सबै गतिविधिमा अवरोध गर्ने, निर्वाचन कार्यालय घेराउ गर्ने भएको छ। जेठ १८ र १९ आमहड्ताल गर्ने कार्यक्रम तय भएको राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोले बताए। यसबारेमा केही बेरमा पत्रकार सम्मेलन गरी आन्दोलनका सबै कार्यक्रम घोषणा गर्ने पार्टीले जनाएको छ।उनले जेठ १९ गतेसम्म पनि संविधान संशोधन अगाडि नबढे अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।