0 COMMENTS

धनुषा१२ जेठ०७४/करिब आठ किलो चाँदीसहित एकजनालाई आज धनुषा प्रहरीले पक्राउ गरेको छ ।
धनुषा हरवरा–९ का कारी यादवलाई सात किलो ८०० ग्राम अवैध चाँदीसहित प्रहरीले धनुषाको धनौजीबाट जाँचका क्रममा पक्राउ गरेको हो ।
ज १ प २१७९ नंको रातो अपाचे मोटरसाइकलको सिटमुनि लुकाएर भारतबाट आइरहेका बेला जाँच गर्दा उक्त परिमाणको चाँदी बरामद गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरेको चाँदीको गरगहना झन्डै रु चार लाख ९५ हजार बराबरको रहेको छ । पक्राउ परेका यादवलाई म्याद थप गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जनकपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।