0 COMMENTS

काठमाडौँ १२जेठ ०७४/काठमाडौँ महानगरपालिकामा नेकपा एमालेले आफ्नो फराकिलो अग्रता कायम राखेको छ ।पार्टीका उम्मेदवार विद्यासुन्दर शाक्य १६ हजार मतले अगाडि रहेका छन् ।पछिल्लो मत परिणाम अनुसार शाक्यले ५४ हजार ७ सय ८८ मत ल्याउँदा नेपाली काङ्ग्रेसका उम्मेदवार राजुराज जोशी ३८ हजार ७ सय ३८ मत मा समेटिएका छन् ।

उपमेयरमा भने नेपाली काँग्रेसकी हरिप्रभा खड्गीले ठूलो मतान्तरले अग्रता लिइरहेकी छिन् ।उनको २० हजारभन्दा बढी मतको अग्रता रहेको छ ।खड्गीले हालसम्म ५० हजार १ सय ८६ मत ल्याएकी छिन् भने उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजाराम श्रेष्ठ २९ हजार ६ सय ७६ मत मा खुम्चिएका छन् ।

महानगर प्रमुखकी कान्छी उम्मेदवार विवेकशील नेपाली पार्टीकी रञ्जु दर्शनाले २० हजार मत कटाएकी छिन् । उनले हालसम्म २० हजार १ सय ९५ मत पाएकी छिन् भने साझा पार्टीका उम्मेदवार किशोर थापाले १५ हजार ६ सय ८९ मत पाएका छन् । दुवैले धेरै मत पाउँदा यसको प्रत्यक्ष असर नेपाली काङ्ग्रेसका मेयर पदका उम्मेदवार जोशीमाथि देखिएको छ ।

माओवादी केन्द्रका सर्वोत्तम डंगोल भने ६ हजार ३ सय ९८ मा समेटिएका छन् ।

उपमेयरमा साझा पार्टीकी निरुपमा यादवले ९ हजार १ सय १९ मत पाएकी छिन् भने माओवादी केन्द्रकी सुशीला पौडेल ८ हजार ५ सय ३५ मतमा सिमित भएकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।