0 COMMENTS

काठमाडौँ १२,जेठ  २०७४ / प्रेस चौतारी नेपालले कास्कीका पत्रकार एवम् नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य सुष्मा पौडेललाई सामाजिक सञ्जालबाट वसन्त कार्कीले ज्यान लिने धम्की दिएकोमा भत्सर्ना गरेको छ । समाचार लेखेकै आधारमा पोखरेली महिला पत्रकारहरुलाई उमा सिंह बनाइदिने भनी कार्कीले धम्की दिएपछि पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिनुभएको छ ।

माछापुच्छ्रे गाउँपालिका घाचोक स्थायी घर भई हाल क्यानाडामा बसोबास गर्ने कार्कीले पोखराका महिला पत्रकारलाई निकृष्ट भाषा प्रयोग गर्दै मार्ने धम्की दिएको चौतारीले जनाएको छ ।

कार्कीलाई तत्काल पक्राउ गरी कडा कारबाही गर्न र नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी वहन गरिरहेका पत्रकारलाई निर्भयतापूर्वक समाचार सङ्कलन र सम्प्रेषणका लागि उचित वातावरण बनाउन चौतारीका महासचिव राजेश राईले जारी गरेको विज्ञप्तिमा आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।