0 COMMENTS

काठमाडौं११ जेठ०७४/ वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार ललितपुरमा देखाइएको छ । जावलाखेलमा आयोजित रातो मत्स्येन्द्रनाथको भोटो देखाउने  कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रधानन्यायाधीश सुशीला कार्कीले   सहितले भोटो  वलोकन गरे । गुठी संस्थान ललितपुरका प्रमुख वैकुण्ठ आचार्यले हिराजडित भोटो देखाएका थिए । हाल सम्पन्न स्थानीय चुनाव २०७४ मा नव निर्वाचित ललितपुर महानगरका  मेयर चिरिबाबु महर्जन र उपमेयर गीता सत्यालले राष्ट्रपतिसहितका विशिष्ट अतिथीको स्वागत गरेका थीए ।

भोटो अवलोकनपछि राष्ट्रपति भण्डारी, प्रधानमन्त्री दाहाल र प्रधानन्यायाधीश कार्कीलगायत उच्चपदस्थ अधिकारीलाई रातो मत्स्येन्द्रनाथका पुजारीले फूलप्रसाद दिए । भोटो जात्रा हेर्न राष्ट्राध्यक्ष, सरकार प्रमुख, संवैधानिक निकायका प्रमुख एवम्प दाधिकारीलगायत मन्त्री,सांसद र सरकारी अधिकारी पनि जावलाखेलमा उपस्थित हुने परम्परा छ ।

विसं ६६२ मा नागराज कर्कोटकलेदिएको भोटोको स्वामित्वका विषयमा दुईव्यक्तिका बीचमा विवाद भई रातो मत्स्येन्द्रनाथालाई जिम्मा लगाइएको थियो । त्यही बेलादेखि भोटो दसी प्रमाणसहित लिनका लागि भोटो देखाउने परम्परा बसेको विश्वास छ ।

काठमाडौँ उपत्यकाका सबै मानिस भोटो जात्रा हेर्न एवम् दसी प्रमाणसहित दाबी गर्ने उद्देश्यले जावलाखेलमा जम्मा हुन्छन् भन्ने विश्वासमा यस दिन उपत्यकामा सार्वजनिक बिदा दिने चलन पहिलेदेखि बसेको हो ।

यो जात्रा वरदेवको शासनकाल विसं ६६२ देखि सुरु भएको विश्वास गरिन्छ । अनिकाल लागेर रातो मत्स्येन्द्रनाथलाई उपत्यकामा भित्र्याउने राजा गुणकामदेवका नाति, नरेन्द्रदेवका छोरा वरदेवको पालादेखि भोटो देखाउने जात्रा सुरु भएको भोटो देखाउने जात्राको साइत हेर्ने ज्योतिषी परिवारका सदस्य एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य कीर्तिमदन जोशीको भनाइ छ ।

वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीयाका दिन गोदान गरी भोलिपल्ट वैशाख शुक्ल चतुर्थीका दिनदेखि रथ तान्न सुरु गरिन्छ ।

राजा गुणकामदेवका पालामा १२ वर्षसम्म अनिकाल भएपछि कामरुप कामाक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको किंवदन्ती छ । एक हजार ४०० वर्षअघि मत्स्येन्द्रनाथलाई ल्याएपछि वर्षा भई सहकाल सुरु भएको विश्वास रहिआएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।