0 COMMENTS

चितवन, ११ जेठ०७४/ नेपाली सेनाको सैन्यमा जागिर लगाइदिने भन्दै गाउँका सोझासाझा युवासँग पैसा असुलेको आरोपमा जिल्ला प्रहरी कार्यालय, चितवनले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा माडी नगरपालिका–८ घर भएका विष्णु सुनुवार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार यही जेठ १५ गते सैन्य भर्नाको प्रवेश अनुमतिपत्र ल्याउने र असार २ गतेदेखि तालिममा सहभागी गराउने भन्दै युवासँग प्रतिव्यक्ति रु दुई लाखका दरले रकम उठाइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको हो ।

जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको काम भइरहेको प्रहरी उपरीक्षक थापाले बताउनुभयो । उठाइएको रु एक लाख ५० हजारसमेत सुनुवारबाट बरामद गरिएको छ । उनले छ÷सातजनासँग रकम ठगी गरेको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।