0 COMMENTS

काठमाडौं ११ जेठ०७४/ प्रमुख विपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध गरेको छ । स्थानीय तहको संख्या बृद्धिको विरोधमा एमालेले संसद अवरुद्ध गरेको हो ।

एमालेले राष्ट्रपति विद्या भण्डारीलाई सरकारको नीति तथा कार्यक्रम पेश गर्न दिएको थियो । राष्ट्रपतिलाई विदा गर्न आधा घन्टाका लागि स्थगित भएको संसद बैठक पुनः सुरु भए लगतै एमालेले अवरोध गरेको हो ।बैठक सुरु भए लगतै एमाले सांसदहरुले आआफ्नो स्थानमा उठेर विरोध गरे । एमालेको अवरोधपछि संसद बैठक भोलि १ बजे सम्मका लागि स्थगित भएको छ । र, संसदले सरकारको नीति तथा कार्यक्रम पेश गरेकोमा राष्ट्रपतिलाई धन्यवाद दिन समेत पाएन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।