0 COMMENTS

काठमाडौं११ जेठ०७४/ काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार रञ्जु दर्शनाले जित नजिक रहेका विद्यासुन्दर शाक्यलाई बधाइ दिएकी छन् । साथै उनले आफ्नो पनि हार नभई जित भएको बताएकी छन् ।

काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा पत्रकार सम्मेलन गरी रञ्जुले शाक्यसँगै दोस्रो स्थानमा रहेका राजुराज जोशीलाई पनि बधाई दिए ।

महानगरबासीले दिएको मतको कदर गर्दै पहरेदारको भूमिका खेल्ने उनले बताइन् । ‘यो हाम्रो हार भनेर कसैले सम्झनु हुन्छ भने त्यो गलत हुनेछ । यो हाम्रो जित हो’ उनले भनिन्, ‘यो जितले के दर्शाएकाेछ भने अबको राजनीतिमा प्रतिस्पर्धा भनेको कुर्सीको होइन, सुशासनका लागि हुनुपर्छ । भन्दै सम्पुर्ण मतदाताहरू लार्इ धन्यवाद ब्यक्त गरेकीछीन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।